दफा १६
निकासी गरिने मालवस्तुको भन्सार मूल्य निर्धारण
(१) निकासीकर्ताले घोषणा गरेको बीजक मूल्य नै निकासी गरिने मालवस्तुको भन्सार मूल्य हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक ठानेमा निकासी हुने कुनै खास प्रकृतिका मालवस्तुको छुट्टै भन्सार मूल्य नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गर्न सक्नेछ । त्यसरी छुट्टै भन्सार मूल्य निर्धारण भएकोमा निकासीकर्ताले घोषणा गरेको बीजक मूल्य र नेपाल सरकारले त्यसरी निर्धारण गरेको भन्सार मूल्यमध्ये जुन बढी हुन्छ सोही मूल्यलाई त्यस्तो मालवस्तुको भन्सार मूल्य मानिनेछ ।

(३) ......

(४) यस दफा बमोजिम मालवस्तुको मूल्य कायम गर्दा विदेशी मुद्रामा गरिने छ । त्यस्तो विदेशी मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा ०त्यस्तो मालवस्तुको प्रज्ञापनपत्र भन्सार कार्यालयमा दर्ता भएको वा कम्प्युटर प्रणालीमार्फत भन्सार कार्यालयमा प्राप्त भएको दिनमा नेपाल राष्ट्र बैङ्कबाट तोकिएको विदेशी मुद्राको खरिद दरको आधारमा गरिने छ ।